शुक्रबार, पुस ४, २०८२

टीवि, एच.आई.भी.को क्षेत्रमा काम गर्ने सरोकारवाला निकायको समन्वय वैठक सम्पन्न

प्यूठान । जिल्लामा टीवि,एच.आई.भीको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायको समन्वय बैठक सोमवार विजुवारमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्यूठानका टीवि,एच.आई.भी.कार्यक्रमका सम्बद्ध व्यक्ति राजु खड्काको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले टीवि एचआईभी संक्रमितको पहिचान र उपचार पद्धतिमा ल्याउनका लागि थप पहल गर्ने निर्णय गरेको छ । टीवि स्क्रिनिङ तथा एच.आई.भी.परिक्षणको क्रममा जिल्लामा यस क्षेत्रमा काम गर्ने निकायहरुको समन्वयलाई थप प्राथमिकता दिदै कार्यक्रम कार्यान्वयनलाई जोड दिने निर्णय भएको स्वास्थ्य कार्यालय प्यूठानका टीवि एच.आई.भी सम्बद्ध व्यक्ति खड्काले जानकारि दिनुभयो ।

टीवि एच.आई.भी.को स्वास्थ्य कार्यालय विभिन्न स्वास्थ्य संस्था तथा यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको तर्फबाट समेत परिणाममुख काम हुँदै आएको उहाँले बताउँनु भयो । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको समन्वयमा वैठक आयोजना गरिएको हो । संस्थाले जिल्लामा विगत वर्षदेखि ग्लोबल फण्डको सहयोग तथा सेभ द चिल्ड्रेनको साझेदारीमा एच.आई.भी. परिक्षण र टीवि स्क्रिनिङ कार्यक्रम संचालन गर्दै आएको छ । वैदेशिक रोजगारिका लागि भारत आउँने जाने व्यक्ति र उनका दम्पतीलाई केन्द्रित गर्दै कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal