बुधबार, असार ३, २०८३

रक्तिम सास्कृतिक अभियानले प्युठानमा रक्तिमसाँझ प्रदर्शन गर्ने

प्युठान रक्तिम सास्कृतिक अभियान केन्द्रीय समितिले प्युठानमा रक्तिम साझ २०८३ प्रदर्शन गर्ने भएको छ।

देश ब्यापी अभियानको रुपमा संचालन गरिने कार्यक्रम अन्तरगत प्युठानमा असार ७ गते होटल आयुस्मा जुम्रीमा आयोजना गरिएको रक्तिम सास्कृतिक अभियान प्युठानले जनाएको छ।

राष्ट्रिय जनमोर्चाको शुभेच्छुक संस्थाको रुपमा रहेको रक्तिम सास्कृतिक अभियानले आम मजदुर, किसान र सर्वहारा बर्गको मुक्तिको लागि कला र सस्कृतिको माध्यमबाट सचेत गराउदै आएको राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो। उहाँले रक्तिमको समाजमा सकारात्मक योगदान रहेको भन्दै विभिन्न माध्यमबाट राज्यलाई खबरदारी गर्दै आएको बताउनुभयो।

देशका विभिन्न जिल्लामा सास्कृतिक कार्यक्रम मार्फत सचेतना फैलाउदै आएको र प्युठानमा असार ७ गते हुने कार्यक्रममा प्युठानी अमाबुवा, दाजुभाइ तथा प्रगतिबादी ब्याक्तित्वहरु सबै उपस्थिति भइ कार्यक्रमको मनोरञ्जन तथा अवलोकन गर्नका लागि सहभागी राष्ट्रिय जनमोर्चाका नेता शुरेस थापाले बताउनुभयो।

उहाँले कार्यक्रममा पाँचसय देखि पाँच हजार सम्मको टिकटको ब्यबस्था रहेको बताउदै टिकट बुकिङ भैरहेको उल्लेख गर्नुभयो ।
रक्तिम साझ प्रदर्शन कार्यक्रम दिउँसो १२ बजेदेखि संचालन हुने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?