शनिबार, फाल्गुन २, २०८२

सरुमारानीमा बढ्दै राष्ट्रिय जनमोर्चाप्रतिको जनसमर्थन : भन्छन्, तिलक जिसी उपयूक्त उमेदवार

प्यूठान । राष्ट्रिय जनमोर्चाको जनआधारको हिसाबले कमजोर मानिएको सरुमारानी गाउँपालिकामा पछिल्लो समय जनसमर्थन बढ्न थालेको छ । प्रतिनिधि सभाका उमेदवार तिलक जिसिको पक्षमा पार्टीका पुराना नेता समेत सक्रिय बन्न थालेका छन् ।

स्थानीय स्तरमा निष्क्रिय जस्तै देखिएका नेता कार्यकर्ताहरु अहिले गाउँवस्तीमा केन्द्रित कार्यक्रम, छलफल तथा घरदैलो अभियानमा सक्रिय हुदा पार्टी प्रतिको जनसमर्थन बढ्न थालेको हो । पार्टीले उठाएको सघर्षशिल उम्मेदवार र राष्ट्रियताको सवाल, संघियताको खारेजी तथा भ्रष्टाचारको विरोधी छविका कारण आउँदो चुनावमा पार्टीका उम्मेदवार तीलक जिसिको पक्षमा जनसमर्थन बढ्दै गएको स्थानीय हरी पौडेल बताउँनुहुन्छ ।

“प्रतिनिधि सभा सदस्यका लागि तिलक जिसी नै उपयुक्त उमेद्वार हो”, पौडेलले भन्नुभयो, “पन्चायति व्यवस्थाको अन्त्यका लागि उहाँको भूमिगत राजनीति देखि अहिले सम्मको अनावरत राजनैतिक पृष्ठभूमि नै उहाँको पक्षमा जनसमर्थन बढ्ने पहिलो आधार हो ।” लामो राजनैतिक पृष्ठभूमि र सरल स्वभावका कारण समेत उहाँ प्रतिको जनविश्वास बढ्दै गएको स्थानीय बताउँछन् ।

झिमरुक गाउँपालिकाको संस्थापक अध्यक्षको जिम्मेवारी समेत बहन गरिसक्नु भएका जिसीले पालिकाको भौतिक विकासमा पुराएको योगदान र शुसासन कायममा देखाएको सक्रियताले समेत उहाँको चर्चा बढीछ । उहाँको कार्यकालमा झिमरुक गाउँपालिका कमबेरुजु हुने पालिकामध्ये लुम्बीनी प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल रहेको थियो ।

राजनीतिलाई कहिले पनि नाफाको दृष्टिकोणले हेर्नु हुदैन भन्ने मान्यता राख्ने जिसीको सरल जिवनशैलीका कारण समेत मतदाताहरु उहाँप्रति आकर्षीत हुदै आएको बताइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal