आइतवार, चैत्र २९, २०८२

मल्लरानीको ०८२/०८३ को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्युठान मल्लरानि गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर २ कुडारामा सम्पन्न भएको छ ।
झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.ली. प्युठानको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो।
मल्लरानी गाउँपालिकाले प्रदान गरेका सेवा र गुणस्तरीयता विषयमा छलफल गरिएको हो।

गाउँपालिकाले मंसिर देखि फल्गुण महिनासम्म सञ्चालन गरेका विकास योजना तथा सेवा प्रवाह सम्बन्धी जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय पौडेलले गर्नुभएको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य सेवा, लक्षित वर्गको कार्यक्रम,दैनिक सेवा प्रवाह, सडक, कृषि,पशु,खानेपानीको सवालमा प्रश्न जिज्ञासा तथा गुनासा आएका थिए ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल , वडा अध्यक्ष, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले जवाफ दिएका थिए।

प्रश्नहरूको जवाफ दिँदै मलरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले गाउँपालिका जनताको पक्षमा रहेको र आगामी दिनमा कमी कमजोरीलाई सच्याएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जन चाहाना अनुसार बिकास निर्माण काम नभएको हो तर केही पनि काम भदै नभएको भन्नेकुरा होइन” हामीले सिमित स्रोतसाधन लाई जनताको आवस्यकता र माग अनुसार काम गर्दै आएको र आगामी दिनमा सुझाव र आवश्यकता अनुसारका काम गरिने उल्लेख गर्नुभएको हो।

सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था, नागरिक समाज, शिक्षक, पत्रकार र स्थानीय सरोकारवाला नागरिकको सक्रिय सहभागिता रहेको थियोे ।
मल्लरानी गाउँपालिकाको आयोजनामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार बिजय सिंह भारतीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?