
प्युठान राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको आयोजनामा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम प्युठानको पुण्यखोलामा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले नेपालमा बिदेशि नागरिकको संख्या बढ्दै गएको र नेपालीहरु अल्पमतमा पार्ने खेल भैरहेको आरोप लगाउनु भएको छ।
नेपालीले संघीयता नेपालमा भित्राउनुको मुख्य उदेश्य देश टुक्राउउने रहेको भन्दै आम नेपाली सचेत हुन आग्रह गर्नुभएको थियो।

उहाँले राष्ट्र र राष्ट्रियताको सवालमा, गणतन्त्र र संविधानका मूल मर्मलाई जोगाउन सबै पार्टीहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्काले वर्तमान सरकारलाई हेर्दा देश अत्यन्तै अप्ठ्यारो स्थितिबाट अगाडि बढेको भन्दै सबै सतर्क हुन आग्रह गर्नुभएको थियो।

नेकपा एमालेका प्युठानका अध्यक्ष विजय बिराज बिष्टले नेपालका ठूला पार्टीहरू कांग्रेस, एमालेको कारण गणतन्त्र स्थापना भएको भए पनि जनतामा सही सुशासन र जवाफदेहिता नहुनुको कारण अहिलेको अवस्था आएको बताउँदै अब दलहरू सच्चिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले संविधान कानुन बनाउँदा सस्तो लोकप्रियता नभई व्यावहारिक र कार्यान्वयनमा जान सक्ने बनाउनुपर्ने सुझाव दिनुभयो ।
नेपाली कांग्रेस प्युठानका सभापति विष्णुकुमार गिरीले अन्तरक्रिया कार्यक्रममा बोल्दै हाम्रा दलका कतिपय व्यवहारका कारण आम जनतामा निराशा पैदा भएको,भ्रष्टाचार सुशासनमा समस्याका कारण हालको अवस्था आएको बताउँदै संघीयतालाई नेपाल सुहाउँदो बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी मसालका लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिजीले नेपालमा कुनै पनि हालतमा संघीयता ठिक नभएको भन्दै यो विदेशीले बोकाएको एजेण्डा भएको भन्दै यसलाई खारेजीको विकल्प नभएको बताउनुभयो।
उहाँले राष्ट्र, राष्ट्रियता भन्दा ठूलो अरु हुन नसक्ने भन्दै राष्ट्र र राष्ट्रियताको पक्षमा सबै पार्टीहरू, आम जनताले ध्यानदिन आग्रह गर्नुभएको थियो।नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य डाक्टर शिवराज पण्डितले नेपालको संविधानमा गणतन्त्र ,धर्मनिरपेक्षता,समावेशिता र संघीयताको विषयलाई समावेश गरियो। संघीयताका कारण आर्थिक संकट भएको भन्दै शासकीय स्वरूपलाई पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।
साथी उहाँले समावेशीतालाई जातको आधारमा होइन वर्गको आधारमा हुनुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष बिदुर मल्ल पूर्व अध्यक्ष मेघराज भट्टले आफ्नो महत्त्वपूर्ण भनाई राख्नु भएको थियो।राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेशमीराज नेपालीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका नेता अमरध्व्ज रानाले गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


















