आइतवार, असार १४, २०८३

रानाको दुखद निधन प्रति नेकपा मसाल र राष्ट्रिय जनमोर्चाद्धारा दुख व्यक्त

प्यूठान । स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर मिनराज रानाको निधनमा नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले दुख व्यक्त गरेको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चामा लामो समय देखि क्रियाशिल रहदै आउनु भएका रानाको निधनले पार्टी र सिंगो कम्यूनिष्ट आन्दोलनमा नै अतुलनिय क्षत भएको पार्टीले जनाएको छ ।

 

नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले श्रद्धान्जली बक्तव्य जारी गर्दै पार्टीका विभिन्न आन्दोलनमा रानाको उल्लेख्य योगदान रहेको स्मरण गरिएकोछ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहद्धारा हस्ताक्षरित श्रद्धान्जली बक्तव्यमा राना पार्टी प्रति इमान्दार, अनुशासित, प्रतिवद्ध र कर्तव्यनिष्ठ योद्धा रहेको र उहाँको निधनले सिंगो कम्यूनिष्ट पार्टीमा क्षति पुगेको उल्लेख गरिएको छ । यस्तै राष्ट्रिय जनमोर्चा प्यूठानले पनि श्रद्धान्जली व्यक्तव्य जारी गर्दै रानाको निधनमा दुख व्यक्त गरेको छ ।

 

राना राष्ट्रिय जनमोर्चा प्यूठानको सहल्लाहाकार, नेकपा मसालको सचिवालय सदस्य तथा अन्य जनवर्गिय संगठनमा समेत आवद्ध रहनु भएको थियाे । नेकपा मसालका विभिन्न संगठनहरुमा आवद्ध रही लामो समयदेखि उहाँ सक्रिय राजनीति गर्दै आउनु भएको थियो ।

 

रानाको शनिवार स्वर्गद्धारी नगरपालिका २ बाङ्गेसल्लामा सवारी दुर्घटनामा परि ज्यान गएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?