शुक्रबार, असार १२, २०८३

जेनजी आन्दोलनमा भएको विध्वसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नु पर्छ :रामकुमारी झाँक्रीको माग

काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाउनु भएको छ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले मानव अधिकार आयोगको कार्यक्षेत्रका बारेमा नयाँ बहस गर्नुपर्ने बताउनुभयो ।  आन्दोलनका क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने उहाँले माग समेत गर्नुभयो ।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरी सुनियोजित रूपमा देश जलाउने कार्यमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?