बिहिबार, असार ११, २०८३

मल्लरानी खैराका जेष्ठ नगरिकलाई बाध्यवादन सामाग्री हस्तान्तरण

प्युठान मल्लरानी गाउँपालिका ५ नम्बर वडा खैराका जेष्ठ नागरिकलाई साङीतिक कार्यक्रम संचालन गर्नका लागि बाध्यवाद्न सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।

आब ०८२/०८३ मा वडाले जेष्ठ नागरिकको लागि स्वीकृत कार्यक्रम अंतरगत वडा संजालको माग र निर्णय अनुसार मनोरञ्जनका लागि बाध्यबाधक सामग्री खरिद गरिएको वडा सचीव साधना पाण्डेले बताउनु भयो।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोपाल बहादुर थापाले जेष्ठ नागरिक प्रती वडा संवेदनशिल रहेको र यहाँहरुका सवालमा ध्यानदिने बताउनु भयो । अध्यक्ष थापाले संजाललाई हस्तान्तरण गरिएका सामग्रीलाई सहि तरिकाले प्रयोग गर्न आग्रह गर्नुभएको थियो। जेष्ठ नागरिक हाम्रो अघिल्लो पुस्ता हो हामी संरक्षण गर्दै उहाँहरुको अनुभव लिनु जरुरी रहेको उल्लेख समेत गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य जुमान सिंह केसीले जेष्ठ नागरिक समाजका महत्त्वपूर्ण पुस्ता भएकोले उहाँहरुको सम्मान गर्न आवस्यक रहेको बताउनुभयो। जेष्ठ नागरिकहरुको समाज बिकासमा योगदान रहेको भन्दै जेष्ठ नागरिकप्रती सबैको सम्मान र कदर हुनपर्ने बताउनुभयो।

सामग्री ग्रहण गर्दै वडा संजालका अध्यक्ष तेज बहादुर बस्नेतले जेष्ठ नगरिक प्रती सम्मान र माया गर्नु जरुरी छ भन्दै सबै मान्छे वृद्ध हुँदै जान्छ्न, सबैले पुरानो पुस्ताको सम्मान र आदार गर्न जरुरी छ”। हाम्रो पनि यो ठाउँमा योगदान रहेको छ”।

उहाँले हाम्रो आग्रह अनुसार वडाले सामाग्री दिएको छ। हामी सहि तरिकाले प्रयोग गर्छौं”। हप्ताको एक पटक सबै एक ठाउँमा जम्मा भएर दुख :सुख आदनप्रदान गर्छौं साथै रमाइलो गरि खुसी मनाउछौ” उहाको भनाइ थियो।

वडाले जेष्ठ नागरिकलाई मादल, हार्मोनियम, तबला, खैजोडी ,मजुरा र ढोलक एकएक थान दिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?