प्युठान नेकपा मसाल प्युठानको आयोजनामा मसालका जिल्ला सचिवालय सदस्य तथा स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मृतक मिनराज रानाको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
नेकपा मसाल प्युठानका प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्री रहनु भएको थियो ।
मिनराज रानाले विद्यार्थी राजनीतिबाट अगाडि बढ्दै पार्टी र विभिन्न सामाजिक गतिविधिमा सकृय हुँदै बिकास निर्माणका कार्य गर्दै आउनुभएको थियोे ।
मिनराज राना २०७४ सालमा वाड नम्बर २ को वडा अध्यक्ष को कुशलता पुर्वक जिम्मेवारी पूरा गरी ०७९ को स्थानीय निर्वाचनमा स्वर्गद्वारी नगरपालिकाको नगर उप प्रमुखमा निर्वाचित हुनुभएको हो।
उपप्रमुख रानाले दुर्गम बस्ती, गाउँठाउँमा शिक्षा, स्वास्थ्य ,खानेपानी, मोटरबाटो लगायतका कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको नगरपालिकाले जनाएको छ।
श्रद्धाञ्जली सभाका प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले मिनराज रानाको मृत्युले समग्र पार्टीलाई क्षेती पुगेको बताउनु भयो । “उहाँले एउटा कर्मठ तथा एक असल होनहार नेता गुमाएका छौँ”भन्दै उहाँका सपना र अधुरा कार्य पूरा गर्न आवस्यक रहेको बताउनुभयो।

रानाको निधनले पार्टी मात्र होइन समग्र नगरपालिका नै शोकमा परेको भन्दै शोकलाई शक्तिमा बदल्न आवस्यक रहेको बताउनुभयो।
शोक मन्त्ब्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्का, लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापा, नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसी,राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचर्य,स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी, नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरी, नेकपाका नेता मेघराज जिसी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता जितामित्र सुनारले शोक मन्तव्य राख्नु भएको थियो । बोल्ने बक्ता हरुले ईमानदार र बिकास प्रेमी नेता रानाको दु:खद निधनले जिल्ला नै शोकमा परेको बताएका थिए ।
सभामा विभिन्न पार्टी प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय बासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम को संचालन नगर सचीव गङाराम बिसीले गर्नुभएको थियोे भने स्वागत राजमो नेता ईमान सिंह खड्काले गर्नुभएको थियोे ।
मिनराज रानाको जिवनी र उहाले गरेका समग्र कामको बारेमा स्वर्गद्वारी नगरपालिका २ का वडा अध्यक्ष बुधीराम पुनले गर्नु भएको थियो ।
स्वर्गद्वारी नगरपालिकाले मृतक उप प्रमुख रानाको सम्झनामा शालिक निर्माण गर्ने साथै उहाको नामबाट धनबाङ जाने बाटोको नामकरण गर्ने प्रस्ताव नगर प्रमुख टेक प्रसाद भण्डारीले गर्नुभएको छ।
मिनराज राना नेकपा मसाल प्युठानका सचिवालय सदस्य रहेको र उहाँ क. अनन्त नाम रहेको पार्टीले जनाएको छ।
मिनराज राना बि. स. २०३१ फागुन १४ गते जन्म भएको उहाँका एक श्रीमती र ३ छोरा रहेका छ्न।
मिनराज रानाको २०८३ असार १३ गते वडाको कार्यक्रम बाट फर्केर आउदा गाडी दुर्घटनामा परि निधन भएको थियोे ।
मिनराज रानाको घर धनबाङमा १३ औ दिनको पुन्यतिथिमा भएको श्रद्धाञ्जली सभाको अध्यक्षता नेकपा मसाल प्युठानका प्रवक्ता राम पाहाडीले गर्नुभएको थियो।












