शनिबार, बैशाख ८, २०८१

थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले हात पार्यो

 

१६ चैत, काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?