शनिबार, साउन १२, २०८१

भारतीय संसदमा आक्रमण, २ जना प्रक्राउ

 

भारतीय संसद भवनमा बुधबार दिउँसो आक्रमण भएको छ । लोकसभा बैठक बसिरहेको बेला दर्शक दिर्घमा रहेका २ जना व्यक्ति ओर्लिएर आक्रमण गर्ने शैलीमा हंगामा मच्चाए । एक जनाले धुवा आउने सामान संसद भवनभित्रै फाल्छन् जस्ले गर्दा एकछिन त्रासको माहोल बन्छ । अन्तत: केही सांसदहरुले तीनलाई समातेर कुट्छन्। घटनामा एक जना महिला र पुरुषलाई नियन्त्रणमा लिईएको छ भने यस घटनाले भारतमा संसद भवनभित्रको सुरक्षा संयन्त्रलाई लिएर आलोचना भईरहेको छ । स्मरण रहोस सन् २००१ मा आजकै दिन भारतको संसदमा आतंककारी आक्रमण भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal