बुधबार, फाल्गुन ६, २०८२

दाङको घोराही मा दुई दिने पत्रकारिता तालिम सम्पन्न

दीपेन्द्र सुनार                                                      दाङ
इसाई समुदायका युवाहरूलाई पत्रकारितामा बिकाश गर्ने उध्देश्यले दाङ इसाइ समाजको आयोजनामा दाङ जिल्ला को घोराही मा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ।
जिल्लाको अनुग्रह सु समचार चर्चरजेना दाङमा चैत्र १९ गतेबाट सन्चालन भएको तालिममा रोल्पा ,रुकुम ,सल्यान ,दाङ र प्युठानका विभिन्न क्षेत्रबाट २२ जना बिधार्थीहरुको सहभागीता रहेको थियो।
समचार क्षेत्रमा अबिबुद्धी गर्ने उदेश्य का साथ सन्चालित उक्त तालिममा पत्रकारिता के हो? समचार कसरी लेख्ने , बिश्वसनिय समचार कसरी बनाउने विषयमा सहभागी हरुलाइ सिकाइएको सहभागी गिरिजोन ले जानकारी दिनु भयो।
तालिममा युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसि रिपोटर गोबिन्द खड्काले तालिममा सहभागि बिद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो।
नेपाल पत्रकार महासङघ दाङ जिल्ला का अध्यक्ष सबिन प्रीयासी को प्रमुख आतिथ्यता ,दाङ इसाई समाजका अध्यक्ष तथा प्रयोजन बोलावट मासिक पत्रीका का का सन्चालक सन्त बहादुर घर्ती को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रमको सन्चालन बोलावट पत्रीकाका का सम्पादक हरि जिज्ञासु ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal