बुधबार, बैशाख १७, २०८२

अखिल नेपाल शिक्षक संघ प्युठानको अध्यक्षमा: कल्याण खड्का

अखिल नेपाल शिक्षक संघ प्युठानको पाचौं जिल्ला सम्मेलन पुन्यखोला प्युठानमा शनिबार  सम्पन्न भएको छ। सम्मेलनका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संघका केन्द्रिय महासचिव चक्रपाणी पौडेलले समाजको सबैभन्दा बौद्धिक र समाजलाई उज्यालो छर्ने बर्ग शिक्षक भएकोले आफुलाई गर्ब गर्न आग्रह गर्नुभएको छ।
उहाँले सम्मेलनमा बोल्दै सरकारले शिक्षकलाइ अपमान गरिरहेको छ त्यसको विरुद्ध एक हुन सबैमा आग्रह गर्नुभयो। शिक्षकले पटकपटक आन्दोलन संघर्ष गरेपनी सरकारले माग पूरा गर्न नसकेको उल्लेख गर्नुभयो।
शिक्षक महासंघ र सरकारबीच बिगतमा भएका सम्झौता र शिक्षा बिधायक अहिले सम्म ल्याउन नसक्नु सरकारको लाचार प्रवृत्ति भएको बताउनुभयो । साथै उहाँले शिक्षामा कम्तीमा २०% लगानी गर्नुसके मात्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान र गुणस्तरीय शिक्षा दिनसकिने उल्लेख गर्नुभयो।
अखिल नेपाल शिक्षक संघका संस्थापक सदस्य तथा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले शिक्षकहरुको आन्दोलनका कारण केही मागहरु प्राप्त गर्न सकेको उल्लेख गर्दै शिक्षकहरु जाएज मागको लागि एक भएर अगाडी बढ्न आग्रह गर्नुभयो। शिक्षकका मागप्रति आफ्नो पार्टी  को सधै साथ सहयोग रहेको बताउनुभयो।
खत्रीले भन्नुभयो देशको अवस्था अत्यन्तै कमजोर छ देशका शासकहरु राष्ट्रियता र रास्ट्रप्रति उत्तरदायी बन्न नसक्दा समस्या ब्ढेकोछ।
देश सबैकिसिमले कमजोर हुँदै गएको अवस्थामा शिक्षकहरुले रचनात्मक खबरदारी गर्नसमेत आग्रह गर्नुभयो।
 राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्काले शिक्षकले बालबालिकालाई शिक्षा दिएर उज्यालो दिने बौद्धिक बर्ग हो। उहाँले देशको आमूल परिवर्तनमा शिक्षकहरुको अहम भुमिका रहदै आएको बताउनुभयो।
अखिल नेपाल शिक्षक संघका केन्द्रिय सचीव बालाराम पोख्रेल, नेपाल शिक्षक महासंघ प्युठानका निवर्तमान अध्यक्ष शेर बहादुर थापा, राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने,शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष सिद्वीमान जिसी
लगाएतले शुभकामना दिनुभएको थियोे ।
नयाँ नेतृत्व चयन :
 सम्मेलनले कल्याण खड्काको अध्यक्षतामा ३९ सदस्य जिल्ला समिति चयन गरेको छ। जसको उपाध्यक्ष धुर्व गिरी, महिला उपाध्यक्ष देवा बिष्ट, सचीवमा शंकर बहादुर बस्नेत सह सचीव लुइस्याङ्जि केसी र कोषध्यक्ष महेन्द्र बहादुर केसी,रहनु भएको छ।
त्यसतै सम्मेलनले संघको केन्द्रिय प्रतिनिधिमा अर्जुन बहादुर केसी, डम्बर बहादुर जिसी, कल्पना थापा, खेमराज पोख्रेल, कर्ण बहादुर जिसी, बेदराज ज्ञवलि,खुम बहादुर पुन र सृजना पोख्रेल रहनु भएको छ।
अखिल नेपाल शिक्षक संघका अध्यक्ष अर्जुन बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव धुर्व गिरीले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?