शुक्रबार, भदौ २०, २०८२

मल्लरानी गाउँपालिकाका एक युवालाई हैजा संक्रमण

प्यूठान । मल्लरानी गाउँपालिका -२ भैसामारेका ३३ बर्षिय युवालाई हैजा संक्रमण देखियकाे छ । प्युठान अस्पताल विजुवारमा उपचारत रहेका युवालाई हैजा देखियकाे अस्पतालले जनायकाे छ ।

बुधबार भारतकाे जल्लान्धरबाट फर्कियका उनलाई फर्कदैगर्दा बाटाेमै स्वास्थ्य समस्या भयकाे ती युवाले बताए । घर पुगे लगत्तै स्वास्थ्यमा थप समस्या देखियपछि उनी बिहिवार राति अस्पताल पुगेका हुन ।

आइसुलेसनमा राखेर उनको उपचार भैरहेको अस्पतालले जनाएको छ ।

राेजगारीकाे शिलशिलामा दुवैबाट फर्किय पश्चात एक महिना पहिले मात्रै उनी कामकैशिलशिलामा भारत पुगेका थिय ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?