मङ्लबार, माघ २१, २०८२

आमेरिकी साम्राज्यवादका कारण नेपाल युद्ध मैदान बन्ने खतरा: महामन्त्री सिंह

प्युठान नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले नेपाल झनपछि झन संकटमा पर्दै गएको बताउनुभयो उहाँले अमेरिकाले नेपाललाई युद्ध मैदान गराउन चाहाएको छ”।

राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका स्तरीय चुनावी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले भन्नुभयो अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भएको हो।

सिंहले भन्नुभयो “नेपालको सिमा संग जोडिएको तिब्बत हो दलाई लामालाई अमेरिकाले अगाडि बढाउन चाहन्छ
अमेतिका र चीनको लडाइँमा नेपाल अछुतो रहन सक्तैन त्यसैले नेपाल युद्ध मैदान गराउने रणनीति अनुसार काम भएको आरोप लगाउनुभयो।

एमाले काङ्ग्रेसहरुले पनि साम्राज्यवाद नीति प्रस्त थिए तर उनिहरु एकचीनको नितिमा रहेको कारण उनिहरुलाई बिश्वास गर्न सकेन ।
नेपालका वर्तमानमा रहेका ठुलापार्टीहरु एमसीसी पारित गर्नमा सहमत भएको भएपनि उस्ले चाहेअनुसार नहुने भएकोले अहिलेको नयाँ पार्टी स्वतन्त्र पार्टीको नेतृत्वमा अमेरिकाले चाहे अनुरुपको कठपुतली सरकार निर्माण गर्न लागि परेको बताउनुभयो । उनीहरुले चुनावमा बहुमत पुर्यायर आफ्नो उदेश्य पूरा गर्न लागि परेको भन्दै बेदेसी दलालपार्टीलाई पराजित गर्न आम नेपाली सचेत हुन आग्रह गर्नुभयो।

गत भदौ २३र २४ गते देशमा भएको जेन जि आन्दोलन देशमा भएको भ्रष्टाचार, कुशासन, अनियमितताको विरुद्धमा रहेकोभए पनि त्यसमा घुसपैठ गराएर देशमा ठूलो जनधनको क्षेती भएको भन्दै देश झन पछाडी गएको बताउनुभयो।

काङ्ग्रेस एमालेले लामो समय सत्ता संचालन गरे तर आम जनताको हित बिपरित काम गरेको, जनतालाई सहि शासन दिन नसकेको, बिकास निर्माण प्रणाली समानुपातिक रुपमा नभएको, सत्ता र शक्तिमा हालिमुहाली गरेको, सत्ताको चरम दुरुपयोग गरेका कारण आम जनतामा निरासा पैदा हालको अवस्था आउनमा ठुलोहात रहेको बताउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal