शनिबार, साउन १२, २०८१

२४ घण्टामा ४ हजार २२ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २२ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४ हजार २२ जना संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७७७ र ५०६ एन्टिजेन परीक्षणबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता डां. जागेश्वर गौतमका अनुसार २४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal