मङ्लबार, बैशाख ४, २०८१

राजनितीमा राजनीतिक तथा सैद्धान्तिक र कुराले महत्व राख्दछ , राजमो नेता : पाण्डे

बागलुङ : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सहईन्चाज गौरीश्वर पाण्डेले कुनै पनि व्यक्तीले कति समय राजनिती गर्यो भन्नू भन्दा त्यो व्यक्तीले आफुलाई कुन हद सम्म राजनितीक तथा सैद्धान्तिक रुपमा परिपक्व बनायो भन्ने कुराले व्यक्तिको सामाजिक तथा राजनितीक जिवनको साथमा समाज परिवर्तन प्रक्रियामा महत्त्वपूर्ण अर्थ राख्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नं ४को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बौल्दै सहईन्चाज पाण्डेले उक्त विचार व्यक्त गर्नुभएको हो थप बोल्दै उहाँले देशको वर्तमान अवस्थामा पनि प्रतिगमनको खतरा हुनु अच्चमको कुरा भन्दै यस बिरुद्व लड्नको लागि हरपल तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो , ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला समितिका सभापति खिमविक्रम शाहीले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाकाे भुमिका तथा विकास निर्माण तथा जनचासोको बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त अवशरमा जातिय समता समाजका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नर व सुनार रक्तिमका जिल्ला सचिव सहविन अर्गेजा लगायतले मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन ४ का अध्यक्ष खड्ग ब कुवरको अध्यक्षता सचिव कुल ब छन्त्यालको सन्चालन तथा कोषाध्यक्ष ईन्द्रमान छन्त्यालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको राष्ट्रिय जनमोर्चा ढो न पा ४ का सचिव कुल ब छन्त्यालले जानाकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?