शुक्रबार, बैशाख १४, २०८१

कामरेड माओका अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुरा

माओत्सेतुङ सर्वहारा वर्गका प्रख्यात नेता हुन्। नयाँ जनवादी क्रान्ति कालमा माओत्सेतुङले आफ्ना नेता कार्यकर्तालाई अनुशासनका तीन नियम र आठ ध्यान दिनुपर्ने कुरा अघि सारेका थिए। माओत्सेतुङका ८ नियम र ३ ध्यान दिने कुरा यस्ता छन्।

अनुशासनका तीन नियम :

  • आफ्ना सबै काममा आदेशहरुको पालन गर।
  • जनताबाट सित्तैमा एउटा सियो र धागोको टुक्रा पनि नलेऊ।
  • कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ।

ध्यान दिनुपर्ने आठ कुरा :

  • नम्र भएर बोल।
  • आफूले किनेका मालको सुपथ मोल तिर।
  • आफूले पैंचो लिएको प्रत्येक कुरा फर्काऊ।
  • आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर।
  • जनतालाई कुटपिट र हप्काउने नगर।
  • बाली नबिगार।
  • स्वास्नी मानिसहरुसँग छाडा व्यवहार नगर।
  • बन्दीहरुसित नराम्रो व्यवहार नगर।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?