शनिबार, साउन १२, २०८१

कम्युनिस्ट नेता गुरुङको १०४ औं जन्मोत्सव मनाइयो ।

जुमान सिंह के सी २५ भाद्र ,प्युठान ।राष्टिय जनमोर्चा गौमुखी गाउँपालिकाको अायोजनामा कम्युनिस्ट नेता खगुलाल गुरुङको १०४ औ जन्मोत्सव एक समारोहका बिच सम्पन्न भएको छ।
गुरुङलाई अभिर, फुल र खादा लागाएर सु-स्वास्थ्य तथा दृघायुको कमाना सहित जन्मोत्सवको शुभकामना दिएको हो।
प्युठान कम्युनिस्ट पार्टिका सस्थापक सदस्य तथा मुक्ति सेनाका कमान्डर ( सल्यान कब्जा )समेत रहेका नेपाली बाम कम्युनिस्ट आन्दोलनका एक हस्तिका रुपमा उहाको नाम चर्चामा छ।
१०४ औं जन्मोत्सव समारोहमा ने. क. पा. (मसाल ) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले जन्मोत्सवको शुभकामना दिदै गुरुङले देखाएको बाटोमा पार्टी निरन्तर लाग्ने भन्दै उहाको प्रेणा र हौसलाले काम गर्न उर्जा मिल्ने गरेको बताउनु भयो। गुरुङ पन्चायतकाल देखि जनताको पक्षमा खरो रुपमा प्रस्तुत हुँदै आएको इतिहास रहेको बताउनु भयो,साथै उहाले प्युठानमा चलेको किसान आन्दोलनमा उहाको महत्त्वपूर्ण भुमिकाको बारेमा समेत चर्चा गर्नु भएको थियो। पार्टी स्थापना कालदेखि थुप्रै जेल, नेल तथा कठिन अवस्थामा पनि लगातार पार्टी र जनाताको न्यायपुर्ण आन्दोलनमा उहाको सक्रियता रहदै आएको थियो। गुरुङ नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह संगै काम गर्नु भएको एक पुराना नेता हुनुहुन्छ ।
गुरुङको जन्मोत्सव समारोहमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सुभ चिन्तकहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सन्चालान ज्ञान बहादुर कवर र अध्यक्षता राष्टिय जनमोर्चा नारिकोटका अध्यक्ष चन्द्र बहादुर के एमले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal