शनिबार, साउन १२, २०८१

जाजरकोटमा बस दुर्घटना हुंदा ५को मिर्त्यु २७ जना घाइते

जाजरकोट – जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए ।

ज्यान गुमाउनेको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal