शनिबार, साउन १२, २०८१

अनावश्यक प्रलोभन र भ्रम नफैलाउन एमालेलाई ढुङ्गानाको चेतावनी

तिलक थापा बागलुङ

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले एमाले लगायतका अन्य दललाई जनताको कमजोर राजनितिक चेतनाको फाइदा लिएर अनावश्यक प्रलोभन तथा भ्रमको खेति नगर्न चेतावनी दिनुभएको छ । राष्ट्रिय जनमोर्चा निसीखोला गाउपालिका द्धारा शुक्रबार आयोजित बृहत आम सभामा बोल्दै ढुङ्गानाले पछिल्लो समयमा एमालेले प्रलोभन दिने अनावश्यक झुटा आश्वाशन दिने र पार्टी प्रवेशको नाटक गरेको भन्दै यसो नर्गन चेतावनी दिनुभएको हो । सो अवशरमा एमसिसी नेपाली राष्ट्रिय स्वाधिनताको विपरित रहेको भन्दै यसको खारेज नगरे सशक्त आन्दोलनमा जाने ढुङ्गानाको भनाई रहेको छ ।

कार्यक्रमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले ,एमसिसी पार्टीको आगामी कार्यक्रम जनताको जनजिविकामा राजमोको भुमिकाको बारे प्रकास पार्नु भएको थियो भने थप बोल्दै पाण्डेले आगमी चुनावमा राजाबादी र प्रतिगमणकारी एमाले संग कुनै तालमेल नहुने बताउनु भयो ।

प्रदेश सभाका माननिय खिमबिक्रम शाहीले बिकाश निमार्णको कार्यमा आफुले पाएको अधिकारलाई समान हिसावले बितरण गरेको र अरुले जस्तो मैले गरे मेरो पहलमा भयो भनेर प्रचार गर्ने र प्रलोभन दिने काम नगरेको र आफुलाई त्यस्तो गर्न नैतिकताले पनी नदिने र आफु सधै जनतालाई केन्द्रमा राखेर अगाडी बढ्ने धारण राख्नुभयो ।

कार्यक्रमको बिच बिच रक्तिम अभियानका कलाकारहरुले एमसिसीको बिरुद्धमा नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम राजमो निसीखोला गाउपालिकाका अध्यक्ष थम्मन घर्तीको अध्यक्षता अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष जुनबिक्रम शाहीको स्वागत मन्तब्य तथा राजमो निसीखोलाका सचिव मिलन हमालको सन्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal