शनिबार, साउन १२, २०८१

देशभर वर्षा, उच्च पहाडी र हिमाली भागमा हिमपात

 

शंकर प्रसाद पोख्रेल

देशभर भारी वर्षा भैरहेको छ बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । गुल्मी ,अर्घाखाँची ,प्युठान पाल्पामा वर्षा भैरहेको छभने , देशभरका हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ । तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ।

।मौसमविदहरुले देशभरका उच्च पहाडी र हिमाली भेगमा हिउँ र तराइ र चुरे क्षेत्रमा वर्षा भैरहेको बताएकाछन।

 

मौसमबिदका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ । यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ । मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको र पूर्वदेखि पश्चिमसम्म पहाडी र उच्च पहाडी क्षेत्रहरूमा वर्षा र हिमपात भइरहेको मौसमबिदहरुले बताएकाछन।

अरब सागरबाट आएको पश्चिमी जलवाष्पयुक्त वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमबिदहरुले जनाएकाछन। पश्चिमी बायुका कारण देशभर आंशिक देखि सामान्य बदली रही पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । यता गुल्मी अर्घाखाँची ,प्युठान ,रुपन्देही,कपिलवस्तु ,पाल्पा,दाङ,नवलपरासीमा पनि भारी वर्षा भएको छ। गुल्मिको रेसुङ्गा प्रयटकिय क्षेत्रमा हिउँ परेको छ भने प्युठान र अर्घाखाँचीका उच्च पहाडी भेगमा पनि सामन्य हिउँ परेको फोटाहरु सामाजिक संजालकर्ताहरुले फेसबुक संजालमा पोस्ट गरेकाछन। प्युठानका उत्तरी उच्च पहाडी इलाका गौमुखी क्षेत्रमा हिउँ परेको पोस्ट सामाजिक संजाल प्रयोगकर्ता फेसबुकमा बरुनधोज मल्लले पोस्ट गरेकाछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal