शनिबार, साउन १२, २०८१

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ ८ पुग्यो

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

आइतबार बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) विष्णु रेग्मीले जानकारी दिए । मृतकमध्ये पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली, विजय थापा क्षेत्री, भोजेन्द्र विक र शंकर विक रहेको घटनास्थलमा रहेका उमेश कुँवरले जानकारी दिए ।

दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?