शुक्रबार, चैत्र १६, २०८०

जैबिक मल निर्माण गर्न कृषकलाई स्थलगत तालिम

अनुज पछाई , प्यूठान ।प्यूठानका किसानलाई स्थलगत रुपमै जैबिक मल बनाउने तालिम प्रदान गरिएको छ । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना कार्यानवयन इकाइ खलंगााद्धारा उक्त तालिम प्रदान गरिएको हो ।
स्थलगात तालिममा बिभिन्न अर्गानिक तथा बनस्पतिबाट निर्माण गरिने मल बनाउने तरिकामाथि स्थलगत रुपमै प्रयोगात्मक छलफल गरिएको थियो ।
त्यस्तै सहभागि कृषकहरुलाई खर्गानिक मलको फाइदाको बारेमा परियोजना इकाइ कार्यान्वयन इकाइ प्यूठानका बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरीले गरेका थिए ।
तालिमको सहजिकरण फुलबारी एकिकृत ग्रामिण बिकास सस्थाका आइपिएम बासु बस्नेत ,प्यूठान नगरपालिका वडा नं. ८ का कृषि अधिकृत श्रीधर पण्डित ,परियोजनजा कार्यान्वयन खलंगााका कर्मचारीको सहभागिता रहेको थियो ।
साथै कार्यक्रमको अबसर पारेर सहभागी कृषकहरुलाई जैबिक मल निर्माण गर्नको लागी एकएक थान ड्रम बितरण गरिएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal