शनिबार, साउन १२, २०८१

टोङ्गा ज्वालामुखीः सुनामीले समुद्रमुनि तार छिनाइदिएपछि इन्टरनेट बन्द

गत शनिवार टोङ्गामा एउटा शक्तिशाली ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण बिग्रिएको सञ्चार सञ्जाल पूर्ण रूपमा सञ्चालन गर्न केही साता लाग्ने बताइएको छ।

केही टापुमा सञ्चार र विद्युत् सेवा पुन: सुरु भएको छ तर समुद्रमुनिको तारमा पुगेको क्षतिका कारण इन्टरनेट सेवा फेरि सञ्चालन हुन लामो समय लाग्ने देखिएको छ।

यसको अर्थ टोङ्गाको अझै बाह्य संसारसँग राम्ररी सम्पर्क हुन सकेको छैन तथा त्यहाँ पुगेको क्षति कति ठूलो छ भन्ने स्पष्ट थाहा हुन सकेको छैन।

विस्फोटनपछि टोङ्गाको मुख्य टापु खरानीले ढाकिएको थियो र पश्चिमी तटीय क्षेत्र नराम्ररी प्रभावित भएको थियो।

सदर्न क्रस केबल नेटवर्क्सका निर्देशक डिन भेभर्काले एएफपी समाचार संस्थासँग भने, “हामीले अस्पष्ट जानकारी पाइरहेका छौँ तर एउटा तार छिने जस्तो देखिन्छ।”

“त्यो मर्मत गर्न दुई सातासम्म लाग्न सक्छ। समद्रमुनि तार बिछ्याउने नजिकको पानीजहाज पोर्ट मोर्सबीमा छ,” ४,००० किलोमिटर पर रहेको पपुवा न्यूगिनीको राजधानीलाई इङ्गित गर्दै उनले भने।

समुद्रमुनिका तार कहाँ छन्?

एएफपीका अनुसार सदर्न क्रसले सघाइरहेको टोङ्गा केबल लिमिटेडले टोङ्गा र फिजीसँग जोड्ने ८७२ किलोमिटर लामो तारको स्वामित्व लिएको छ।

त्यहीँबाट उसको सञ्जाल बाँकी विश्वसँग जोडिन्छ।विविसी नेपाली सेवा बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal