शनिबार, साउन १२, २०८१

मरिसससँगकाे दाेस्राे मैत्रीपूर्ण खेल नेपालले जित्यो

मरिसससँगकाे दाेस्राे मैत्रीपूर्ण खेल पनि नेपालले जितेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले मरिससलाई एक–शून्य गाेलले हराएकाे हाे । नेपालका लागि खेलकाे १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेकाे गाेल नै निर्णायक बन्याे ।

यस्तै नेपाली किपर किरण चेम्जाेङले पेनाल्टी प्रहार बचाए । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मरिससले पाएकाे पेनाल्टी किरणले राेकेका हुन् । आजकाे खेलमा दुवै टाेलीले पटक–पटक फउल गरे ।

खेलकाे दाेस्राे हाफ भने केही तनावग्रस्त बनेकाे थियाे । आजकाे खेलमा दुवै टाेलीका खेलाडीले रेड कार्ड पाए । खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा सीमित भयाे । दुवै टाेलीका खेलाडीले घम्साघम्सी गरेपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका पुजन उपरकोटी पनि रातो कार्ड पाउँदै मैदानबाट गए । यस्तै रेफ्री नविन्द्र महर्जनले नेपालका टिम म्यानेजर मधुसदन उपाध्यायलाई पनि रातो कार्ड देखाए ।

यस्तै खेलकाे ७८ औँ मिनेटमा मरिसस नाै खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएल रातो कार्ड पाउँदै मैदान बाहिर गए ।

नेपालले मरिसससँग दुई खेलकाे मैत्रीपूर्ण खेल खेलेकाे हाे । यसअघि गएकाे शनिवार भएकाे खेल नेपालले एक–शून्यले जितेकाे थियाे । नेपाललाई जिताउन दुई वर्षपछि टाेलीमा फर्किएका विमल घर्तीमगरले गाेल गरेका थिए । उज्यालो अन्लाईन  बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal