शनिबार, साउन १२, २०८१

किक र पञ्च मात्र नभएर संस्कार सिकाउने माध्यम हाप्किडो हो : केन्द्रिय अध्यक्ष घर्ति

अनुज पछाई, प्यूठान ।
प्युठानको बिजुवारमा लुम्विनी प्रदेशस्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनारको शुक्रबार एक कार्यक्रमका बिच उदघाटन भएको छ ।
कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सहभागी मार्सल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालि बहादुर घर्तिले किक र पञ्च हान्न सिक्नु मात्र हाप्किडो नभएकोे बताएका छन । लुम्बिनि प्रदेशस्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार को उदघाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्ने क्रममा केन्द्रिय अध्यक्ष घर्तिले उक्त कुरा बताएका हुन । “किक र पञ्च हान्न सिक्नु मात्र हाप्किडोको मूलमन्त्र होइन । ” अध्यक्ष घर्तीले भने –“ हाप्किडोमा लाग्ने युवाहरुले आफनो पढाई र समाजको संस्कारलाई अगाडी बढाउन सक्नुपर्छ । ” साथै गा्रमिण स्तरमा पुग्ने गरि अहिले हाप्किडो गाउँगाउँमा निर्माण बिस्तार हुदै गएको अध्यक्ष घर्तीले बताएका छन ।
अहिले देशभरिको ६० जिल्लामा हाप्किडो बिस्तार भैसकेको र करिब ४६ हजार बढी खेलाडी संलग्न रहेको अध्यक्ष घर्तीले जानकारी दिए । हाप्किडो ले ब्यक्तिलाई आत्मनिर्भर बनाउने पनि अध्यक्ष घर्तीले बताएका छन । प्यूठान जिल्लामा अहिले हाप्किडो प्रति युवा तथा बालबालिकाको मोह ब्यबस्थापनको सिमा भन्दा बढी रहेको देखिएको अध्यक्ष घर्तीले बताएका छन ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित भएका प्रंमुख अतिथी तथा प्यूठान नगरपालिकाका नगरपं्रमुख अर्जुन कुमार कक्षपतिले कार्यक्रमलाई सम्बोधन गर्दै युवाहरुलाई सहि मार्गमा हिडाउने एक मात्र आधार खेल भएको बताएका छन । त्यस्तै हाप्किडो मार्सल संघ प्यूठानले निकै राम्रो काम गरेकोमा मेयर कक्षपतिले धन्यबाद समेत ब्यक्त गरे । प्यूठान नगरपालिकाले हाप्किडो लगाएत अन्य खेललाई निरन्तर सहयोग गर्र्दै आएको पनि नगरप्रमुख कक्षपतिले जानकारी दिएका छन ।
प्युठान जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको सहकार्यमा शुक्रबार बाट सुरु भएको कार्यक्रम फागुन २ गते सोमबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
आगामी दिनमा प्युठानको माण्डवी गाउपालिकामा लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप गर्ने निर्धारित मितीसंगै त्यस च्याम्पियनसीपलाई लक्षित गरि लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक तथा रेफ्री सेमिनार गर्न थालिएको प्युठान जिल्ला हाप्किडो संघका अध्यक्ष टेकराज केसीले जानकारी दिएका छन् । उक्त सेमिनारलाई मास्टर काली बहादुर घर्तीमगर, भुवन बुढा मगर र प्रविण गुरुङले प्रशिक्षण दिने आयोजकले बताएका छन ।
खेल क्षेत्रको विकाससँगै प्रशिक्षकहरुमा टिमवर्क, जवाफदेहिता, आत्मविश्वास, आत्मअनुशासन, आत्मनिर्भर, जिम्मेवारी, जीवनको हरेक चुनौतीको सामना गर्न, शिक्षामा जागरण ल्याउन, प्रशिक्षकहरूको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गर्न, नेतृत्व क्षमताको विकासका लागि, सकारात्मक सोचको विकास गर्न, नैतिक प्रणाली र सामाजिक सम्बन्ध र रूपान्तरण गर्ने लक्ष्यसहित अनुशासित, सक्षम र दक्ष खेलाडीहरु उत्पादनका लागि सेमिनार गर्न थालिएको बताए । प्रदेशस्तरिय सेमिनारमा लुम्विनी प्रदेशका १२ जिल्लाका विभिन्न डोजाङका प्रशिक्षकहरुको सहभागिता रहने प्युठान जिल्ला हाप्किडो संघका अध्यक्ष केसीले बताए ।
दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको सहकार्यमा यही माघको ४ देखि ६ गतेसम्म दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसीप र २२ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमै वृहत पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने भनिएको कोभिड–१९ को कारण दुईवटै कार्यक्रम पुनः गर्ने गरि स्थगित गरिएको थियो । प्युठान जिल्लाभर स्कूलको २७ डोजाङमा नियमित हाप्किडोको प्रशिक्षण भरहेको प्युठान जिल्ला हाप्किडो संघले जानकारी दिएको छ ।
लुम्विनी प्रदेशस्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनारको उदघाटन कार्यक्रममा जिल्ला स्थित राजनितिक दल बुद्धिजीबी तथा पत्रकारको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?