शुक्रबार, चैत्र १६, २०८०

रुसले युक्रेनी सहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गर्यो किएभ सहर घेरा हाल्यो

रुसले युक्रेनी सहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगर सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गर्नुभएको छ । यसैबीच रुसी सेनाले युक्रेनको राजधानी किएभलाई घेराबन्दीमा पारेका छन् । २५ किलोमिटर भन्दा नजिकबाट रुसी सेनाहरुले सानो सानो समूह बनाएर किएभलाई घेरा हालेर आक्रमण गरिरहेका बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट अहिलेसम्म एक हजार तीन सय युक्रेनी सेनाको ज्यान गएको जानकारी दिनुभएको छ । जेलेन्स्कीलेले पत्रकार सम्मेलन गरेर झण्डै ६ सय रुसी सेनाले आत्मसमर्पण गरेका पनि दाबी गर्नुभएको छ। उज्यालो अन्लाईन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal