
रुससँगको समग्र व्यापार मार्चमा १२.७६ प्रतिशतले बढेर ११.६७ अर्ब डलर पुगेको छ । त्यो अघिल्लो वर्षको पहिलो चौमासिकको भन्दा ३०.४५ प्रतिशतले बढी रहेको चिनियाँ भन्सारको तथ्यांकले देखाएको छ । समग्रमा आयात निर्यात दुवै बढेको छ । रुस चीनका लागि तेल, ग्यास, कोइला र कृषि उपजको मुख्य स्रोत हो ।
युक्रेनमा आक्रमण हुनु केहीअघि चीन र रुसले ‘नो–लिमिट’ रणनीतिक साझेदारीको घोषणा गरेका थिए । गत वर्ष दुई देशबीचको कुल व्यापार ३५.८ प्रतिशतले बढेर १४६.९ अर्ब डलर पुगेको थियो।रुसविरुद्ध प्रतिबन्धहरू बढ्दै जाँदा चीनले आफ्नो छिमेकीको पीडालाई कम गर्न रुसबाट थप खरिद गर्न सक्छ । विश्लेषकहरू चीनले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धहरूको उल्लंघन गरिरहेको कुनै ठूलो संकेत अहिलेसम्म नदेखिएको बताउँछन।चिनियाँ भन्सारका प्रवक्ताले रुस र युक्रेनलगायत देशहरूसँग चीनको आर्थिक र व्यापारिक सहयोग सामान्य रहेको बताएका छन्।उता, रुसका पूर्वअर्थमन्त्रीले बढ्दो मुद्रास्फीति र पुँजी पयालनका कारण रुसको अर्थतन्त्र सन् २०२२ मा १० प्रतिशतभन्दा बढीले संकुचित हुने बाटोमा रहेको बताएका छन् । रोयटर्सबाट ।बाह्रखरीबाट