शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चाकि मतिकला बिक निर्बिरोध निर्वाचित

 

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् ।

एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार दिएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयलले उनलाई निर्वाचित घोषणा गरि सकेको छ । प्रमाण निर्वाचित भएको प्रमाण पत्र मत गणनापछि मात्रै प्रदान गरिने गिरीले बताए । निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पाटी

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच चुनाव हुने भएको छ । गाउँपालिका अध्यक्षका लागि एक स्वतन्त्र उम्मेदवार समेत रहेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर, राप्रपाबाट कृष्णबहादुर मल्ल र स्वतन्त्रबाट अञ्चल शाहीले उम्मेदवारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal