शनिबार, साउन १२, २०८१

बुटवलमा ढुंगाले हानेर ठेला व्यवसायीको हत्या

रुपन्देही । बुटवलमा ठेला व्यवसाय गर्दै आएका एक पुरुषको ढु्ंगाले हानेर हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका- ११ देवीनगरमा ठेला व्यवसाय गर्दै आएका ३५ वर्षीय पुरुषलाई लुटपाट गर्ने क्रममा एक समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार ती व्यक्तिलाई लुटपाट गर्ने क्रममा उक्त समूहले ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ११ वर्षीय किशोरसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरेको छ । बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा लुटपाट गर्ने उद्देश्यले टाउको लगायतका अंगहरूमा ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब ११ बजे भएको घटनामा संलग्न आरोपमा पक्राउ परेका दुबै व्यक्ति रक्सीको नशामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी छ नेपाल प्रेस बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal