शनिबार, साउन १२, २०८१

टाइटान पनडुब्बी समुन्द्रभित्रै विष्फोट

एजेन्सी आन्द्र महासगारमा टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको सानो पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी भएको छ ।

विगत पाँच दिनदेखि पनडुब्बीका खोजी गरिरहेको अमेरीकी सेनाले पनडुब्बी विष्फोट भएको पुष्टी गरेको हो । विष्फोटसँगै उक्त पनडुब्बीमा सवार सबै पाँच जना यात्रुको मृत्यु भएको पनि अमेरिकी कोस्ट गार्डले जनाएको छ । अमेरिकी सेनाका रियर एडमिरल जोन मागरले जहाजको पाँच भाग टाइटानिकको भग्नावशेषबाट लगभग १६ सय फिट टाढा फेला परेको जानकारी दिनुभयो । अमेरिकी सेनाले गत आइतवार नैं पानीमुनी विष्फोटको तरंग पहिचान गरेको थियो । त्सपछि उक्त पनडुब्बीको खोजी कार्य थालिएको थियो ।

अहिले भेटिएको भग्नावशेष उक्त ‘विपत्तिजनक विस्फोट’ को आवाजसँग मेल खाएको बताईएको छ । टाइटान नाम गरेको यो पर्यटकीय पनडुब्बीमा पाकिस्तानी धनाढ्य बाबुछोरा शाहजादा र सुलेमान दाउद, ब्रिटिश अन्वेषक हमिस हार्डिङ, फ्रेन्च किर्तीमानी डाइभर एवं टाइटानिक विशेषज्ञ पउल हेन्री नार्गोलेट र पनडुब्बी कम्पनी ओसियनगेट एक्सपिडिसनका प्रमुख कार्यकारी अधिकृत स्टकटन रस सवार थिए । पनडुब्बी विष्फोट भएको पुष्टी भएपनि मृत्यु भएका यात्रुहरुको शब भेटिने संभावना न्युन रहेको खोजकर्ताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal