सोमवार, माघ ७, २०८१

ढाकावाङ्गको भलिबल प्रतियोगितालाई अनेरा खेलकुद महासंघका अध्यक्ष पृथ्वी थापाद्वारा उद्घाटन

टेकराज भुसाल
पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा भएको खुल्ला भलिबल खेलकाे अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्।

खेलकुद संयाेजक रामु नेपालीको अध्यक्षता, सदस्य बिष्णु शर्माको सञ्चालन र सचिव बावुराम खनालको स्वागत मन्त्वयमा सुरु भएको उद्घाटन समारोहमा भुमिकास्थान नगरपालिका नगर शिक्षा अधिकृत टुकलाल शर्मा, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापा, भुमिकास्थान १ का वडा अध्यक्ष भाेजराज खनाल, २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, ४ का वडा अध्यक्ष बाबुराम पन्थी, ६ का वडा अध्यक्ष झविलाल बन्जाडे लगायतका स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुकाे उपस्थित रहेको थियाे।

३ दिन सम्म चल्ने भलिबल खेलमा जिल्ला भित्र तथा जिल्ला बाहिरका १८ वटा टिमहरुकाे सहभागिताको रहेको उक्त प्रतियोगिताको विजेताले रू. ५१ हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश : ३१ हजार र २१ हजार नगद सहित शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?