शनिबार, असार ३०, २०८१

युनाइटेड फ्रन्ट(संयुक्त मोर्चा)को पहिलो विश्व सम्मेलन भव्यरुपमा सम्पन्न

 

फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध
साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा

साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्वसम्मेलन जर्मनमा हालै सम्पन्न भएको छ । सम्मेलनमा विश्वका करिव ४६ देशका १२४ प्रतिनिधिहरु सहित करिव ६५० जना सहभागी भएका थिए ।

युनाइटेड फ्रन्टले विश्व सम्मेलनलाई विश्व साम्राज्यवाद विरुद्धको विजयी अभियानको रुपमा औल्याएको छ । साम्राज्यवादीहरुले सम्मेलनलाई असफल वनाउन प्रयत्न गरेपनि भव्यरुपमा सम्पन्न भएको थियो । तर विभिन्न १८ देशका ३० भन्दा वढी सहभागीहरुको भिजा अस्विकार गरिएको थियो । यसलाई फ्रन्टले साम्राज्यवादीहरुको “मुल्यमा आधारित परराष्ट्र नीति “ले प्रतिक्रियावादीहरुको मुल्यहरुको संरक्षण गरेको भनेर विरोध गरेको छ ।

सम्मेलनले विधानसङ्ग सम्बन्धीत १०० भन्दा बढी प्रस्तावहरूको गहन छलफल गरि सर्वसम्मतिले अनुमोदन गरेको छ । अहिले युनाइटेड फ्रन्टलाई “फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्धको अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी संयुक्त मोर्चा”को नाम दिइएको छ जसको छोटो नाम “युनाइटेड फ्रन्ट” (संयुक्त मोर्चा) भनिएको छ ।

सम्मेलनले नौ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।
पेरुका एडिथ लुज र जर्मनीबाट मोनिका गार्टनर-एङ्गेल अध्यक्षका रूपमा निर्वाचित भएका छन । नेपाल, पेरु र ट्युनिसियाबाट तीनजना युवाहरु सह-अध्यक्षको रुपमा निर्वाचित भएका छन् । जसमा नेपालको तर्फवाट सुवाश जि.सि. निर्वाचित भएका हुन् । समितिमा टर्की, जर्मनी, पेरु, पश्चिमी सहारा, साइप्रस र दक्षिण अफ्रिकाका प्रतिनिधिहरू निर्वाचित छन् ।

६ वटा मुख्य राजनैतिक संकल्पहरुलाई सर्वसम्मतरुपमा पास गर्दै “भविष्यमा संसारको कुनै पनि सङ्घर्षलाई एक्लै उभिन दिइने छैन” भन्ने प्रण गर्दै सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा भाग लिन नेकपा (मसाल)को तर्फवाट अखिल नेपाल वुद्दिजिवी संघका केन्द्रीय अध्यक्ष डा. श्रीधर गौतम सहितका प्रतिनिधिहरु जर्मन जानू भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?