![](http://jhimrukpost.com/wp-content/uploads/2022/06/1656262774836.jpg)
खिमराज चालिसे,
चंडिगढ
कतिपय मित्रहरु त रुखका पात सरी हुन्छन्,
जब हल्का समस्या आउँछ तो साथ छोडि दिन्छन्।
बतास जस्तै हवाको झोकामा टाढा हराउछन,
तिनले नै सधै भरी साथ दिने कुरा गर्दछन।
कतिपय मित्रहरु डालीको तरह हुन्छन्।
समस्या झेल्नु पर्दा केहि बेर निकै साथ दिन्छन् ।।
अल्ली बढि समस्या पर्दा चटक्क साथ छोडछन।
हवाले भाचिएको डालीले जस्तै टुलुटुलु हेर्छन।।
एका थरीका मित्र हरु अटल अचल हुन्छन।
समस्या पर्दा सधै भरी मित्रकै नजिक घुम्छन।।
रुखको जरो सरी तुफान पनि उनले झेल्छन।
जस्तो पनि समस्या मा मित्रलाइ साथ दिन्छन् ।
जरो भनेको जरै हो जो कहिल्लै विचलित हुन्न।
आफु समस्यामा परेको आभाष कसैलाइ दिन्न।।
अन्त्य सम्म उस्ले साथ निभाउछ स्वार्थ केहि हुन्न।
यस्ता मित्र हामी सबले कहिल्यै गुमाउन हुन्न।।
घर परिवार पार्टी संगठन सबै तिर खाचो।
जरो जस्तै असल मित्र बन्छ सबको निकै साँचो।।
दृढ आस्था अटल विचार सुन्दर मनको जरो।
दुख सुख मा साथ दिने साथी मित्र बनोस खरो।।