बिहिबार, माघ १७, २०८१

बाल कविता

 

“कलम”

अक्षरका खानी, कलम धनी छाै,
अक्षर र अङ्क, मलाई पनि देऊ ।
तिमी अङ्क लेख्छाै, अक्षर लेख्दछाै,
थरिथरी ढाँचाका, चित्र काेर्दछाै ।

गुरूमाले लेख्दा, छिटाे दाैडन्छाै,
मैले लेख्न खाेजे, किन अडिन्छाै ।
राम्रा अक्षर अङ्क, कता लुकाउँछाै,
क लेख्दा ग हुन्छ किन झुक्याउँछाै ।

सिधा लेख्न खाेज्दा, बाङ्गाे लाग्दछाै,
डिकाे धर्का मात्रा, छड्के पार्दछाै ।
मुठीकसी समाउँदा, किन भाग्दछाै,
त्यति धेरै अक्षर, कहाँ राख्दछाै ।

७९/४/२४, दाेलखा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?