शुक्रबार, माघ १८, २०८१

गजल ,धनी धनलाइ माया गर्छ

लेखक : नवीन बस्याल

धनी र ब्यापारी धनलाई मायाँ गर्छन
गरीबले निश्पक्ष्य मनलाई मायाँ गर्छन

अचम्म छ मान्छे मान्छे बीचको भिन्नता
निस्वार्थी मान्छे जीबनलाई मायाँ गर्छन

जात धर्म छुटाउछ छुटाउछ खानपीन
न छुटाउनेहरु धड्कनलाई मायाँ गर्छन

धनी भेट्दा हाई बोलाउँदा बिजी छु बाई
तर गरीब मिठो बचनलाई मायाँ गर्छन

सम्बन्ध टुटाउछ किन बेच ईज्जतको
भेदभाव नगर्ने मान पनलाई मायाँ गर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?