अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग वहादुर धामीको स्मृतिमा सनिबारदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन भएको छ ।
प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा खेलको उदघाटन गरिएको हो । उदघाटन कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका प्रमुख कक्षपतिले खेलले मान्छेलाई स्वच्छ बनाउने मात्र नभएर इमानदारी र लगनशिल बनाउने बताएका छन । त्यस्तै प्यूठान नगरपालिकाको मेयर भएयता खेलकुदको क्षेत्रमा धेरै कार्य गरेको पनि उनले बताएका छन ।
प्यूठान नगरपालिका वडा नं २ को आयोजनामा फागुन २८ गते सनिबारदेखि ३० गतेसम्म चितिखोला स्थित खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन भएको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको प्यूठान नगरपालिका २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वीतिय र तृतियलाई क्रमंश नगद ५० हजार, ३० हजार र २० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्यूठान जिल्ला सहित छिमेकि जिल्लाका १० समूहको सहभागिता रहेको खेलका संयोजक धनेश्वर पोख्रेलले बताएका छन । प्यूठान नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मुक्ति पोख्रेलको अध्यक्षतासंगै सुरु भएको कार्यक्रमा प्यूठान नगरपािलकाकी उपप्रमुख शान्ता आचार्यको बिशेष आतिथ्यता रहेको थियो ।
स्वर्गीय वडा अध्यक्ष र वडा सदस्यको सम्झना स्वरुप अघिल्लो वर्षदेखि उक्त प्रतियोगिता सञ्चालन गरिदै आएको छ । वडा अध्यक्ष खिम वहादुर विष्टको २०७५ मंसिर २१ गते र वडा सदस्य दुर्ग वहादुर धामीको २०७७ साउन १८ गते निधन भएको थियो ।