खिमराज चालिसे
उ मलाइ यत्रतत्र सर्वत्र गाली गरि रहन्छ।
फेसबुक देखेर डाहा र ईष्या गरि रहन्छ।
लेख र रचना देखेर ईष्या गर्दै जली रहन्छ।
मेरो गतिविधि देखेर झनझन डाहा गरि रहन्छ।
उस्ले सधै मलाइ खुतुक्कै मरोस भनि रहन्छ।
नजिकका संग पनि मेरै कुरा काटि रहन्छ।।
आफु निकै राम्रो भएको कुरा गरि रहन्छ।
विपना जस्तै सपना मा पनि बर्बराई रहन्छ।।
म मेरा संग टाढा रहु योजना बनाइ रहन्छ।
जता गयो तेतै कोर्के आँखा लगाई रहन्छ।।
सर्वत्र रोइ कराइ गर्छ र छट पटाइ रहन्छ।
बाहिर मित्र जस्तै बन्छ भित्र घात गरि रहन्छ।।
उ मलाइ सधै खरानी बनोस भनि रहन्छ।
समाज मा सधै एक्लै परोस भनि रहन्छ।।
पछाडि बाट धार्ने हात पनि लगाई रहन्छ।
म हिडने बाटै भरी काडा बिच्छाई रहन्छ।।
तर म उस्लाइ फुलसरी माया गरि रहन्छु।
क्रान्ति को लागी मित्र शक्ति हो भनि रहन्छु।।
वर्गिय आन्दोलन को सहयात्री भनि रहन्छु।
सहि बाटोमा आउने छ भन्ने आशा गरि रहन्छु।।
त्यसैले आफैले आफु लाई झै माया गरि रहन्छु।
उस्का गाली लाइ पनि अमृत सरि पिई रहन्छु।।
कुरा काटने हरु लाइ नसुने झै गरि बिर्सन्छु।
सुध्रेर आउला एक दिन मिठो आशा गरि रहन्छु।।