
शंकर प्रसाद पोख्रेल रुपन्देही बुटवल ,
लुम्बिनी वाङमय प्रतिस्ठान नेपाल रुपन्देही द्वारा आयोजित ,माक्र्सवादी सौन्दर्य सास्त्री ,मोहन बैध किरण द्वारा,लेखियको हिमाली दर्शन विषयमा समिक्षा एबं छफल कार्यक्रम बुटवलको लालदरबार होटेलमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अथिती तथा पुर्ब सभासद नजिर मियाले मोहन बैध द्वारा लेखिएको हिमाली दर्शनले राष्ट्रियताको पक्षमा दर्शन बारे छलफल ,समीक्षा गर्न बाटो खुलाएको भन्दै यसमा सबै धर्मबाट लेखिएका पुस्तक बारे छलफल हुन आवश्यक रहेको बताउनुभयो।
त्रिभुवन युनिभर्सिटीका पुर्ब गणित विषयका प्राध्यापक लिल बहादुर केसीले बैध जिबाट लेखिएको हिमाली दर्शले दोन्धबाद र भौतिकवाद ब्याख्या गर्नुभएको ,भारतबर्षमा लेखिएका दर्शनहरुले नेपाली दर्शन माटोमा मिलाउने काम गरिरहेको बेला हिमाली दर्शन राष्ट्रवाद सहित आएकोले यसका कमजोर पक्षहरु सुधारेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
डाक्टर सुरेन्द्र गिरिले ज्ञान र व्यबहारलाई दर्शनले ठाउंदिनुपर्ने तर्क राख्नुभयो।
हिमाली दर्शन माथी टिप्पणी गर्नेहरुमा साहित्यकार ऋषिराम भुसाल,डाक्टर बालकृष्ण चापागाईं,डिआर घिमिरे ,लक्ष्मी पोख्रेल कोपिला,कविराज पौडेललले दर्शन सकारात्मक र नकारात्मक पाटाबारे आफ्ना भनाइ राख्नुभएको थियो।त्यसैगरि पुनाराम।पोख्रेल ,गणेश घिमिरे ,खिमानन्द भण्डारी ,माधब पौडेल, यज्ञ न्यौपाने लगायतले हिमाली दर्शन बारे आफ्ना भनाइ राख्नुभएको थियो। मोहन बैध द्वारा लिखित हिमाली दर्शन कार्यक्रमको आयोजक लुम्बिनी वाङमय प्रतिस्ठान रुपन्देहीका अध्यक्ष पुरुसोत्तम पान्डेको अध्यक्षता पितम्बर भन्डारीको स्वागत भासण र ऋषि आजादको संचालनमा कार्यक्रम गरिएको थियो।