
रबि पाैडेल ,पाण्डेचरि
यसले भन्छ
म तिमिलाई छुट दिए
जाउ र फेरि खुँडा प्रहार गर
उसले भन्छ,
साथि अब म अाएँ नडराउनुस
म अाईसकेकाे छु
उनी भन्छिन ,
मेराे सानू लाई छप्काउदा
कति पीडा भए हाेला
हस्पिटल लैजान भन्नुभएको हाेला
तर …….
तिनिहरु अबिर र माला लिएर
कारागार नजिकै गए
कारहरु बाट लावा लस्कर शहित
हत्याराे
सर्वस्व हरण गरिएको
एउटा खुनखार अपराधि लाई
सम्मान गरे !
उनी ,
अाखाँ भरि अाँसु लिएर
न्याय काे भिख माग्दै
मिडिया मा अाईन
अाँखा सुनाउदै
छाति चिरियाे उनकाे
उनले रुदै प्रस्न गरिन
हत्याराे लाई अाम माफि दिने
रास्ट्रपति काे हाे ?”
रास्ट्रपति लाई याे अधिकार कसले दियाे?
के थाहा छ रास्ट्रपति लाई
अाम माफि भनेको
के हाे ?
मिति : २६ अक्टोबर २०२३
कार्तिक ९, २०८०