बिहिबार, भदौ २६, २०८२

इजरायलि आक्रमणमा ५० जना प्यालेस्टाइनिको मृत्यु

गाजा । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विष्फोटमा परी धेरै सर्वसाधरणको मृत्यु भएको र घाइते भएको बताइएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ ।

इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनिक्सले आफ्नो निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी रहेको बताएका छन् । यस हमलामा भूमिगत सुरुङमा हमासका ‘धेरै लडाकु’ मारिएको उनले दाबी गरे ।

इजरायली सेनाका प्रवक्ताका अनुसार भूमिगत सुरुङ परिसरलाई निशाना बनाइएको थियो र यसबाट नजिकैका धेरै भवनहरू ध्वस्त भएका थिए, जसलाई रोक्न सकिएन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?