बुधबार, भदौ २५, २०८२

नेकपा रुपन्देहीले भुकम्प पीडितलाइ आर्थिकको साथै, लात्ताकपडा र खाद्यान्न सहयोग गर्ने

शंकर प्रसाद पोख्रेल ,बुटवल  रुपन्देही ,

नेकपा रुपन्देहीद्रारा भुकम्प पीडितलाई ५० हजार नगद सहित लत्ता कपडा र खाद्यान्न राहत उपलब्ध गराउने  भएको  छ।

नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको अनाैपचारिक बैठक पोछी उक्त निणय गरिएको नेकपा रुपन्देही इन्चार्ज बिरेन्द्रसिले झिमरुकपोस्टलाइ जानकारी दिनुभयो।  साथै बैठकले २०८० कार्तिक १७ गते राति ११ : ४४ बजेको समयमा जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पको कारण ठुलो जनधनको क्षति हुन पुगेकोमा  ज्यान गुमाउने दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेको छ।

त्यसैगरी भुकम्प पीडितलाई खाद्यान्न,लत्ताकपडा सहित ५० हजार नगद उपलब्ध गराउने नेकपा रूपन्देहीले निर्णय गरेको  बिरेन्द्र सिले बताउनुभयो।  नेकपा केन्द्रले पार्टी कोषबाट राज्य राहत कोषमा एक लाख (१,००,०००) जम्मा गरिदिने र (२५ क्विन्टल) उपलब्ध गराउने भएको हो।

नेकपाले जनस्वास्थ्यकर्मी महासंघ (डा.प्रकाश सी) को नेतृत्वमा डक्टरहरुको टिम घटनास्थलमा खटाएको छ। नेकपाले भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने  समेत बताएको छ। राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्न र गराउन नेकपाले निर्देशन समेत गरेकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?