
जुमान सिंह केसी
कार्तिक १९, प्युठान
गौमुखी गाउँपालिका प्युठानले पलास्टीक जन्य फुलमाला प्रयोग नगर्न नगराउन अपिल गरेको छ। गाउँपालिकाको १५ औ गाउँसभाको निर्णय अनुसार गाउँपालिका भित्र पलास्टीक जन्य, रबरजन्य,खादा, फूलमाला, प्रयोग नगर्ने नगाराउने सम्बन्धमा भएको निर्णय कार्यनयनको लागी सुचनामार्फत जानकारी गराइएको गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद सुबेदीले बताउनु भयो।
सुचनामा भनिएको छ “पलास्टीक जन्य फुलमालाको सट्टा स्थानीय रुपमा उत्पादन प्रबर्द्धन गर्न प्राकृतिक पुष्प फुलको प्रयोग गर्न आग्रह गरिएको छ”।
सम्पुर्ण व्यावसायि हरुलाई बिक्रीवितरण नगर्न समेत अनुरोध गरिएको छ।
गौमुखी गाउँपालिका भित्र उपभोक्तालाई आउदै गरेको तिहारमा त्यसता सामग्री प्रयोग नगरी स्थानीय उत्पादन फुलमालाको प्रयोग गरि गाउँपालिकाको निर्णय कार्यनयनमा सहयोग गर्न अनुरोध गरिएको छ।