बुधबार, भदौ २५, २०८२

कुबेतको अस्पतालमा उपचाररत तुलसा जीसिलाई नेपाल सरकार मार्फत हवाई टिकट उपलब्ध

प्यूठान जिल्ला झिमरुक गाउँपालिका ५ ओखरकोट घर भई बिगत करिब डेढ वर्षअघि देखि कुबेतको आदान अस्पतालमा उपचाररत तुलसा जी सी को उद्धारका निम्ति नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत हवाई टिकट उपलब्ध गराएको छ।

केही दिन अघि  प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)  बुटवलमा आएका बखत युबा ब्यवसायी तथा सामाजिक ब्ययाक्तित्व प्रदिप जिसिको टिमले   बिरामीको अवस्था र परिवारले भोगेको पिडाको विषयमा लिखत रुपमा प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयका सञ्चार बिज्ञ   मनहरी तिमल्सिना  समक्ष  सबै समस्या राखेपछी   तत्पश्चात् मनहरी तिमिल्सिना ले तत्काल परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेललाई यस विषयमा जानकारी दिनुका साथै आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गर्नुुुभएको थियो।

प्रधानमन्त्री कार्यालयका सञ्चार विज्ञ  मनहरी तिमल्सिनाले  प्रदिप जिसि संग  सम्पर्क गरी जसरी भए पनि निज विरामीलाई नेपाल ल्याउँने जानकारी दिइरहनुभएको थियो।

फलस्वरुप आज परराष्ट्र मन्त्रालयका सचिव र  सह सचिवले  बिरामी तुलसा जी सी लाई नेपाल ल्याउँने प्रवन्ध भएको भन्दै हवाई टिकट पठाइदिएको  खबर सुन्दा अफुहरु खुसी भएको प्रदिप जिसिले जानकारी दिनुुुभएको छ।

प्रदिप जिसिले सामाजिक संजाल फेसबुक स्टार्ट लेख्दै  तुलसा जिसिलाइ नेपाल सम्म ल्याउन हबाइ टिकट उपलब्ध गराउन  मद्दत गर्ने नेपाल सरकार ,विभिन्न सामाजिक र राजनीतिक  ब्यक्तिहरु र झिमरुक गाउपालाकिलालाइ पनि हार्दिक धन्यवाद समेत दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?