
खिमराज चालिसे
चंडिगढ
५ नोभेम्बर २०२३
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितीले वर्ष २०८० को जनवादी देउसीभैलो को तैयारी भेला आज आईतबार ५ नोभेम्बर २०२३ को सम्पन्न गरेको छ।
जाजरकोटको भूकम्पमा निधन भएका सबैजना समेत ज्ञात अज्ञात शहिदहरु प्रति दुई मिनट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पित गरिएको भेलामा नगर समितीले ल्याएको प्रस्ताविक टिम र योजनाहरु मूल प्रवाह केन्द्रीय सदस्य खिमराज चालिसेले प्रस्तुत गर्नु भएको थियो। तत्पश्चात उक्त भेलामा सहभागीहरु बिच व्यापक छलफल गरिएको थियो।
भेलाले यसपटक चंडिगढमा तिनबटा टिम परिचालन गर्ने निर्णय सहित मुख्य जिम्मा समेत तय गरेको छ।जस अनुसार “ए” टिममा प्रेम आचार्यको नेतृत्वमा कोषाध्यक्ष पुरन थापा, “बि” टिममा खिमराज चालिसेको नेतृत्वमा कोषाध्यक्ष थानेश्वर पान्डे र “सी” टिममा थमन थापाको नेतृत्वमा कोषाध्यक्ष तेज बहादुर रोकाको जिम्मा तय गरिएको छ। यसैगरि प्रत्येक टिममा मादल, वाध्यवाधन, गित नृत्य समेतको आवश्यक जिम्मा तय गरिएको छ
भेलामा महत्वपुर्ण विचार राख्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, तिलक पौड्याल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदुर पश्चीमोत्तर क्षेत्रिय सदस्य जुना चालिसे, परिषद सदस्य थमन थापा, केन्द्रीय सास्कृतिक विभाग सदस्य बिनु नेपाली, बिध्यार्थी संघका राम पंथी लगाएत को सम्वोधन र दुर्गा बिक, लक्ष्मी अधिकारी, मन्जु बिक, जमुना खनाल, अर्जुन बिक, दान बहादुर जीसी, जीवा गुरुङ र जमुना खडका लगाएतको टिप्पणी रहेको थियो ।
कार्यक्रम नगर सहसचिव थानेश्वर पान्डेको संचालनमा तथा नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत पुरन थापाले गर्नु भएको थियो ।