
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिले मूल प्रवाह को ४५औ स्थापना दिवश भब्यरुपमा सम्पन्न गरेको छ
समितिका वरिष्ठ सदस्य मान बहादुर केसीको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा क्षेत्रिय सदस्य कोटी प्रसाद पोखरेलको अतिथि आसनग्रहण, ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मन धारणा प्रस्ताव उपस्थित जनमानसलाई मिना केसीले शब्दबाट स्वागत गर्नुभएको थियो ।भने कार्यकर्मको संचालन राम प्रसाद चौधरीले गर्नु भयको थियो । कार्यक्रम मा मन्तव्य राख्दै क्षेत्रिय सचिवलाय सदस्य काशी राम शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्थापना काल देखि प्रवास मा रहेका प्रवाशी नेपाली हरुको पक्षमा सधै आवाज उठाउदै आयको र भावी दिनमा अज सशक्तरुपमा नेपालीहरूको बीचमा पुग्ने नेपालीहरुको समस्यालाई समाधान गर्दै अभिभावकको रुपमा भूमिका खेल्नेछ भने आशा र विश्वास साहित ४५औ दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसको शुभकामना मन्तव्यको क्रममा क्षेत्रिय सदस्य कोटी प्रसाद पोख्रेल ले मूल प्रवाहको स्थापना काल देखि संगठनलाई तहनस पार्न विभिन्नखाले अवसरवादी व्यक्तिवादी अति भुत चिन्तन बादी हरुले कोसिस गरेपनि संगठनले आफ्नो गरिमामय इतिहासलाई कायम गर्दै आज संगठनको ४५औ स्थापना दिवश मनाउन पाउदा हर्ष व्यक्त गर्नु भएको थियो ।
उहाले मन्तब्यकै क्रममा अफसरबादी र फुटपरस्त तत्वहरु केही छिनको लागि भर्मसिर्जना गर्ने कोशिश गरेपनि हाम्रो सगठनको सहि निति र सिद्धान्त मूल प्रवाहको कार्य अगाडि सफल नभई समाप्त भएको ४५औ वर्षाको इतिहासले स्पष्ट पारिदिएको बताउनु भयो ।आउँदा दिनहरुमा पनि यस्ता प्रकारका तत्वहरुलाई परस्त गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो गरिमाय इतिहासलाई कायम राख्दै अगाडि बढ्ने अठोट गर्दै ४५औ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।