नवलपरासी , पूर्वी नवलपरासीको देवचुलीमा यात्रु बाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप आज बिहान साढे ११ बजे दुर्घटना भएको नवलपुर प्रहरीले बताएको छ।
उक्त दुर्घटनामा परी जिपमा सवार ७ यात्रु मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका पुर्वी नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद पौडेलले बताए।
उनका अनुसार मृतकहरु बौद्धीकाली गाउपालिका वडा नं ६ का जिप चालक छनबहादुर आले, सोही ठाउ बस्ने कुमारी राना, माझडाडा बस्ने टेकमान वान्टकी मगर, बुलिटार वडा नं ४ चुलीबोझ बस्ने करिस्मा ठाडा रहेका छन् भने २ जनाको सनाखत हुन सकेको छैन् ।
उक्त घटनामा गम्भिर घाईते मध्यबिन्दु नगरपालिका वडा न २ का चिरन अर्यालको चितवन स्थीत पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ।
देवचुली नगरपालिका वडा नं ९ स्थित एस मोडमा चालकले गाडी घुमाउन नसक्दा स्थानीय ओम बहादुर अधिकारीको निर्माणाधिन घरमा गएर ठोक्किएको प्रहरी नायव उपरिक्षक पौडेलले बताए।
‘तिव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। घुम्तीमा घुमाउन नसकेर घरमा गएर बजारिएको छ,’ उनले भने।