बुधबार, भदौ २५, २०८२

बाग्लुङमा राष्ट्रिय जनमाेर्चा गलकाेटकाे देउसी भैलाे सुरु

 

राष्ट्रिय जनमाेर्चा गलकाेटले २०८० कार्तिक २६ गते गलकाेट नगरपालिका वडा न-९ मल्म देखि देउसी भैलाे कार्यक्रम सुरु गरेकाे छ । देउसी भैलाे कार्यक्रम राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, जिल्ला सल्लाहकार तथा गलकाेट नगर अध्यक्ष टंक केसीकाे नेतृत्वमा रक्तिम सांस्कृतिक अभियानका कलाकारकाे प्रस्तुति सहित राष्ट्रिय जनमाेर्चा एवं विभिन्न जनबर्गिय संगठनका जिल्ला, नगर तथा वडा स्तरीय नेता तथा कार्यकर्ताकाे सहभागीतामा सञ्चालन गरिएको छ । देउसी भैलाे कार्यक्रम नगरका विभिन्न वडाहरु काडेबास, रिघा, हरिचाैर, हटिया, नरेठाटी, दुदिलाभाटीमा सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?