बुधबार, भदौ २५, २०८२

सचिनमा मूल प्रवाह को जनवादी भैलो सुरु

 

-बिन बहादुर रेग्मी
(सम्वाददाता, झिम्रुक पोस्ट)

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समितिकाे जनवादी भैलो 2023 कर्यक्रम धर्म रोकायाज्यूको कमान्डिङ्गमा सोनिया पौडेलज्यूको अध्यक्षतामा दिनांक 12/11/2023 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति अध्यक्ष बिन बहादुर रेग्मी ज्यू को निवास बाट भैलो कार्यक्रम सुरु भएको सचिन नगर समिति इन्चार्ज हरि कुमार गिरि ज्यूले झिम्रुक पोस्ट लाई बताउनु भएको छ। सबिन चौधरी, कृष्ण केसी, गीता राई, जंग बहादुर पल्लि ज्यूले तिन दिन लगातार हुने भैलो कार्यक्रममा गाईड गर्नुहुने पनि बताउनु भयो। कार्यक्रम एकदमै सोचेको भन्दा धेरै रमाइलो हुँदै गएको र यो तिहार प्रदेशमा मनाए पनि गाउँघरमा खेलेको जस्तो रमाइलाे भयो भन्नेहरु धेरैं छन। भैलो कार्यक्रम लगातार जारी छ….. सचिन नगर मा।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?